
१३ असार, काठमाडौं । केहि समय अगाडी भारतमा देखिएको सलह किरा अन्तत नेपाल प्रबेस गरेको छ । सो किरा नेपालमा तराईका जिल्लाहरु बारा, पर्शा र सर्लाहिमा किसानले लगाएको बालिनालि खान थालेको छ । यो किरा फट्यङग्रा कै एक प्रजाती हो । तर यो ठूलो झुण्डमा बस्ने गर्दछ । यो किराले किसानले लगाएको बाली नालीको अधिकांश भाग खाएर नस्ट गर्दछ । त्यसकारण यो किरलाई अनिकालको मुख्य जड पनि मानिछ ।
शनिबार बिहान सर्लाहिमा रहेको तेलबाली अनुसन्धान केन्द्र आसपासमा यो किरा देखा परेको केन्द्रका प्रमुख वीपी यादवले जानकारी दिएका छन । शुक्रबार सांझ ८ बजे सम्म नदेखिएको यो किरा शनिबार बिहान अन्दाजी सभा छ बजे ठूलो संख्यामा देखिएको यादबले संसार न्यूजलाई जानकारी दिए ।
सलह किराले ती जिल्लाहरुमा लगाईएको बदाम तथा धानबाली खान थालेको यदबले जानकारी दिए । हामीले प्रमुख जिल्ला अधिकारी र मन्त्रालयमा जानकारी दिईसकेका छौं यादबले भने अहिले स्थानियबासि सहित हामीहरु मिलेर बिषादी छर्किने र थाल ठटाउने गरेर किरा भगाउँदै छौं ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका अनुसार बारा जिल्लाको निजगढ र सिमरामा पनि उक्त किरा आएको छ ।
किरा प्रबेस गरेको जिल्लाहरुमा प्राबिधिकहरु परिचालन गरिएको मन्त्रलयले जनाएको छ । सो किराले हालसम्म नेपालमा क्षति पुर्याए नपुर्याएको एकिन नभएको मन्त्रालयका प्रबक्ता डा.हरि बहादुर के.सीले जानकारी दिएका छन ।
बालीनाली खाने सलहबाट देशमा अर्को संकटको सम्भावना(हेर्नुस् भिडियो कसरी भित्रिँदैछ सलह)