१३ असार, मकाउ । कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण मकाउमा रोकिएका ६३ नेपाली एनआरएनए मकाउको सहजीकरणमा शुक्रबार नेपाल फर्कन सफल भएका छन् ।
लकडाउनका कारण नेपाल फर्किन नपाएका ७८ जना नेपालीमध्ये ६६ जनाले आवस्यक कागजातसहित फारम भरेपनि बिभिन्न कारणले ६३ जना नेपाली मात्रै देश फर्किन सफल भएको एनआरएनए मकाउले जनाएको छ ।
उनीहरु कोरोना संक्रमण नभएको रिर्पोटसहित २७ जुन स्थानीय समय ३ः४५ मा नेपाल वायु सेवा निगमको चार्टड उडानमार्फत् हङकङ हुँदै नेपाल उडेको एनआरएनए मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङले संसारन्युजलाई जानकारी दिएका छन् ।
अध्यक्ष गुरुङका अनुसार मकाउ सरकारसँग समन्वय गरेर उनीहरु मकाउबाट हङकङसम्म निःशुल्क हङकङ भिसासहित पानी जहाज चढेर हङकङक पुगेर नेपाल एयरलाईन्सको जहाजमार्फत् स्वदेश फर्किन लागेका हुन् ।
नेपाल सरकारले तोकेका हवाई भाडा ५५० डलर भएता पनि मकाउका लागि निमित्त महावाणिज्यदूत किरण गुरुङको पहलमा उनीहरुले ४५० डलर (३५००) हङकङ डलर मात्र शुल्क तिरेका हुन् ।
अध्यक्ष श्रेष्ठका अनुसार मकाउमा हालसम्म कुनै नेपालीमा कोरोना संक्रमण देखिएको छैन भने मकाउ नागरिकमा पनि कोरोना संक्रमणको सफल उपचार भइरहेको छ ।
एनआरएनएले पठायो ५० हजार सर्जिकल मास्क
एनआरएनए मकाउको अनुरोधमा नेप्लीज बडि बिल्डिङ एण्ड फिटनेश एसोसियन मकाउका अध्यक्ष, एनआरएनए मकाउका खेलकूद समितिका प्रमुख त्थ्ँ एसिया प्रशान्त क्षेत्रिय स्पोर्टश एकाडेमी कार्यदलका सदस्य श्रीजन बाबा भाइ (Lee Wai San), ब्रदर हुड एसोसियसन मकाउका अध्यक्ष बम लिम्बु तथा लालि गुुराँस एसोसियसन हङकङका संयोजक चेतन गुरुङको संयुक्त पहल र सक्रियता तथा समन्वयमा min Da construction Engineering company मकाउका managing Director mr Leong chin tung बाट नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवस्यक स्वास्थ्य सामग्री ( ५० हजार थान सर्जिकल मास्क) पनि सोहि जहाज मार्फत पठाइएको छ ।
उक्त सामग्रीका लागि महाबाणिज्यदूत गुरुङले विशेष पहल गरेका थिए ।
साथै नेपाल फर्किन लागेका यात्रुलाई हेल्पिङ ह्यान्डस् मकाउले निःशुल्करुपमा स्यानिटाइजर र मास्क उपलब्ध गराएको थियो ।