काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ ७ सय रूपैयाँले बढेर फेरि प्रतितोला ९१ हजारभन्दा माथि पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ। शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको हो।
यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको रेकर्ड बनेको थियो । यसैगरी तेजावी सुन आइतबार ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर प्रतितोला ९४५ रूपैयाँ पुगेको छ।