Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कतारबाट २ जुलाईमा अर्को उडान हुँदै, दूतावासले जारी गर्यो टिकट सम्बन्धमा यस्तो सूचना



१६ असार, काठमाण्डौं । कोरोनाबाट प्रभावित कतारका नेपाली बोकेर नेपाल एयरलाईन्सको जहाज २ जुलाईमा नेपाल आउने भएको छ ।

कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाईन्स अर्को उडान २ जुलाईमा गर्ने भएको हो ।
यसबारेमा नेपाली दूतावास कतारले जानकारी गराउँदै २०,२८,२९ र ३० जुनको उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम नभएका तथा विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुलाई एयरलाईन्सको निम्न आधिकारीक ट्राभल ऐजेन्सीमा यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeezऽ Mob +974 70665648
Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: [email protected], [email protected]

साथै, Ehteraz Appप्रयोगमा नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा Ehteraz App अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउनुहुन समेत अनुरोध छ।

त्यसै गरी रोजगारदातले Escape Report दर्ता गरेका व्यक्तिको हकमा एअरलाईन्सबाट Itinerary सहितको हवाईटिकट लिई Search and Follow up Department मा आफै गई उक्त हवाई टिकटमा सो Department को छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने व्यहोरा सबैमा अनुरोध छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा