-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ९९४ पुगेको



१७ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिनेमा नवलपरासी पूर्वको वुलिङटारका २६ र २७ वर्षीय पुरुष, गैडाकोटका ५०, २६, २७, ३०, ३७, २५, २६ र ४१ वर्षीय पुरुष तथा २३ र ५१ वर्षीया महिला गरेर ८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी शहिद लखन गाउँपालिकाका ३० वर्षीया महिला, र बारपाक सुलिकोटका २६ र ५१ वर्षीय २ पुरुष र कास्कीका ३० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी स्याङजाको वालिङका ५० वर्षीया महिला, पुतलीबजारका २५ वर्षीय पुरुष र भिरकोटका २३, ५७,२४ र २३ वर्षीय पुरुष र २४ वर्षीया महिला, बाग्लुङ काठेखोलाका २९ वर्षीय पुरुष, बडीगाडका २३ र २६ वर्षीया महिला तथा शुक्ला गण्डकी तनहुँका ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासीका संक्रमितलाई आसोलेशनमा राखिसकिएको छ भने शहिद लखनका संक्रमितलाई कोरोना अस्पताल भरतपुरमा राखिएको छ ।

त्यसैगरी अन्य जिल्लाका संक्रमितलाई सोहि जिल्लाको आइसोलेशनमा राखिएको छ ।  आज थपिएका २८ जनासँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा