
१८ असार, काठमाडौँ । वेस्टइंडिजका दिग्गज खेलाडी सर एवर्टनको ९५ बर्षको उमेरमा बार्बाडोसमा निधन भएको छ । उनले १९४८ जनवरी २२ मा २२ वर्षको उमेरमा उनले इंल्याण्ड विरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
उनले आफ्नो १० बर्षको अन्तराष्ट्रिय क्रिकेट करियरमा ४८ खेल खेल्दैँ ५८.६१ को औसतले ४४४५ रन बनाउन सफल भएका थिए । यस क्रममा उनले १५ सतक र १९ अर्धसतक समेत बनाएका थिए । उनले अन्तराष्ट्रिय डेब्यु गरेको बर्षमा नै भारत विरुद्ध लगातार ४ सतक बनाएका थिए । उनले फस्र्ट क्लास क्रिकेटमा पनि १५२ खेल खेल्दैँ १२०१० रन बनाएका थिए ।
उनले १९५८ मा पाकिस्तान विरुद्ध अन्तिम खेल खेलेका थिए ।