
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा बिहिबार अपरान्ह ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई दिएकी हुन् ।
बिहिबार मध्यान्ह बसको मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । त्यसअघि प्रधानमन्त्री केपि शर्मा ओली राष्ट्रपति भण्डारीसँग परामर्शसमेत गरेका थिए ।
मन्त्रिपरिषद बैठक, संसद अधिवेशन अन्त्य गर्न सिफारिस
संघीय संसद्को बजेट अधिवेशन गत ३० वैशाखदेखि सुरु भएको थियो । संसदमा नागरिकता विधेयक, निजामती सेवासम्बन्धी विधेयक, एमसीसी सम्झौता लगायतका विषय छलफलको चरणमै छ । अचानक संसद अधिवेशन अन्त्य भएसँगै छलफलमा रहेका विधेयक र केही सम्झौताहरु पछि धकेलिएका छन् ।
यस्ताे छ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई दिएकाे सूचना