back
CTIZAN AD

पाँच सय हेक्टरमा माछापोखरी विस्तार

वि.सं.२०७३ पुस १३ बुधवार

987 

shares

१३ पुस, उर्लाबारी (मोरङ)  । थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ ।

जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा पोखरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ६५ मुख्य क्षेत्र र एक हजार पाँच सय ब्लकमार्फत पोखरी विस्तार गर्न लागिएको कार्यालय प्रमुख मनोज यादवले बताउनुभयो ।
पोखरी विस्तार भएपछि तीन वर्षभित्र जिल्ला माछामा आत्मनिर्भर बन्ने यादवले विश्वास व्यक्त गर्नुभयो । माछामा आत्मनिर्भर नहुँदा भारतबाट आएका माछा पूर्वी पहाडी जिल्लाका बजारसम्म पुुग्ने गरेका छन् । पोखरी विस्तार भएपछि वार्षिक रु सात करोड बराबरको माछा उत्पादन हुने जनाइएको छ ।
यसैबीच मोरङको राजघाट गाविसलाई मत्यक्षेत्रमा नसमेटिएको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । राजघाटमा एउटै वडामा २९ बिघा बढी क्षेत्रफल जग्गामा पोखरी खनेर मत्स्यपालन गरिँदै आएको भए पनि सरकारबाट कुुनै पनि अनुुदान नपाइएको राजघाट–४ का डिल्लीराम न्यौपानेले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १३ बुधवार ०३:३३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...