
१.
प्रकृति र मानव
चुनौतीपूर्ण जिन्दगी
कोरोना, सलहको वेग ।
२.
किसान छन् पीडामा
सलह खेतबारीमा
उद्यम फस्यो भुमरीमा ।
३.रोपेँ बिउ आशामा
जोतेर बाँझो खेतमा
भोका पेट बढे देशमा ।
४
पहिचान जोगाऔं ।
कुसंस्कृति छन्,हटाऔं।
एकतामा राष्ट्र चम्काऔं ।
५.
कमिसनको भारी
कति कसिलो तयारी
जाल थाप्न पोख्त सिकारी ।