Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

मेरा पाँच मुक्तकहरु



(१)
कति बस्छौ नारी तिमी, कुसंस्कारमा जेलिएर
अझै सम्म बिभेदरुपि, खाडलभित्र छेलिएर
छातिभित्र साहस बोकि, उठ्न सिक अब आफैं
बाँच्नु हुन्न हेला हिंसा, अत्याचारमा पेलिएर…

(२)
कहिले काहीं नसोचेकै, चोट पर्छ जिन्दगीमा
आफ्नै मान्छे दुष्मन बनि, घात गर्छ जिन्दगिमा
हाँसो खुशिसँगै जीबन, बित्ला भन्ने सोच्दै गर्दा
छातिमाथी बज्र परि, आँशु झर्छ जिन्दगीमा …

(३)
कमाईं ल्याउँछु भन्दै छोरो, बिदेश तिर गएको छ
दुलही नाती शहर पसे, घरै रित्तो भएको छ
गरि खानु कसो गरि, हातपाउ चल्न छोडिसके
कहाँ पोखुँ जिन्दगी ले, कति व्यथा सहेको छ …

(४)
मेरी सासु यस्ती उस्ती भन्दै रात, दिन खैरो खन्नेहरु
आमा जस्ती सासु लाई हेला, गरी दुस्ट बन्नेहरु
छन् हाम्रो समाजमा एस्ता नारि, अझै प्रशस्तै छन्
त्यहि सासुले पाएको छोरोलाई, मेरो मुटु भन्नेहरु …

(५)
तिम्रो साथ पाउँदा जीबन, लाग्छ बहार छाए जस्तो
जीन्दगीमा दुःख सिद्धिई, खुशीका दिनआए जस्तो
आफ्नो भन्दा बढी तिम्ले, मेरो मायाँ गर्दा खेरि
साँच्चै लाग्छ अचेल मलाई, ठुलै बरदान पाए जस्तो ..

सामाखुशि, काठमाण्डौं


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९÷८० का

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा