
आँखाले आँसु झारेर देखाउन मात्रै खोजेको हुन्छ
दुख्दैन ऊ किनकी पीडा त शरीरले भोगेको हुन्छ
भगवान् सम्झि शिरको माथि नराख्नु पत्थरलाई
कुनबेला हावा चल्छ र टाउको फुटाउ सोचेको हुन्छ
सुनेको थिएँ आगोले पोल्छ तर कसले पत्याउला
कहिलेकाही चिसै पानीले पनि मुटु पोलेको हुन्छ
नगर्नु विश्वास माया भए अरु केही चाहिन्न भन्नेहरूको
भयानक स्वार्थ पछि देखिन्छ जुन छोपेको हुन्छ
सुगा रटाइ भन्दा फरक भएन तिम्रा बाचा कसमहरू
सुगाले पनि पूरा गर्न हैन बोल्न मात्रै घोकेको हुन्छ