
भोकमा भोजन
अगाडि नै आइपुग्छ
हो घरमै आइपुग्छन्
अधिकतम आवस्यकता परिपुर्तिका सरसामान ।
मुखको बोली उप्कनै हुन्न,
आखै अगाडी हर चिजको उपस्थिति भैदिन्छ
मेरा लागि जस्ले जे पनि सहिदिन्छ !
मलाई यतिबेला
ब्राह्माण्डैभरीको खुशी मिलेको छ
मेरो इच्छाले मात्रै अरुको खुशी निलेको छ ।
इच्छा आवस्यकतामा कमि हुँदा
कचकचाउनु, आरिसले आँखा तर्नु
हदै भए आफ्नै टाउको फोर्नुभन्दा बाहेक
मेरो अन्य मेहनत परेकै छैन
मेरो हातले यताको सिन्को उता सरेकै छैन
र पनि
मेरै इशारामा हाजिर हुन्छन् हर मान्छे !
राम्रो नराम्रो जस्तो सुकै होस्
मेरै मात्र कुरा सुन्छन् हर मान्छे ।
संसारका सब्बै भन्दा मेरो
बेग्लै खाले प्यार छ
जिन्दगीको ड्राइभर
हर स्टेशनमा पु¥याइदिन तम्तयार छ
अचेल मेरो समय यसरी नै गैरहेछ !
असिमित खुशीहरु सहितको रंगीन जीवन
क्या स्वादिलो भैरहेछ !
मैले प्राप्त गरेको
अलौकिक यो जिन्दगी
शोक न सुर्ता
भोक न भकारी !!
पोखरा-२५, हेमजा,कास्की