-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

माल्टामा चितवनेहरु संगठित



 यो अभियान समग्र चितवन अनि संसारभर रहने चितवनेहरुका लागि कोसेढुंगा साबित हुने समन्य समिति स्थापना पहलकर्ता चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्य समितिका सद्भावना दूत सोम सापकोटाले जानकारी दिए ।

वैदेशिक रोजगारीको शिलसिलामा युरोपेली मुलुक माल्टामा रहेका चिवनवासीहरू संगठित भएका छन् ।

माल्टामा रही बिभिन्न पेशा, व्यवसाय र रोजगारीमा आबद्ध भएका चितवनवासी दाजुभाइ तथा दिदी बहिनीहरूको भेलाले चितवन सेवा समाज माल्टा समन्वय समिति गठन गरेको छ ।

माधव प्रसाद वाग्लेको अध्यक्षतामा गठन भएको चितवन सेवा समाज माल्टाको उपाध्यक्षमा सुनिता शर्मा, महासचिवमा वलराम सापकोटा, सचिवमा लोमस श्रेष्ठ र कोषाध्यक्षमा दधिराम शर्मा रहेका छन् ।

त्यस्तै सदस्यमा दिवश तामाङ, निम थनेत, अनुष्का कंडेल, सुजन थापा, रामचन्द्र सापकोटा, खेम राज खरेल, खेलकुद संयोजक आकाश गुरुङ रहेका छन् । सोही भेलाले मनिस अर्याल, प्रकास वाग्ले र अन्जु खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।

माल्टामा करिब २००० हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्छन् । चितवन सेवा समाजको संजाल संसारका २२ देशमा स्थापित भै प्रबासमा रहेका चितवनेहरु बिच समन्वय गर्दै आपसी सहयोग र भैपरि आउने समस्या समाधानमा एकजुट हुने गरेका छन् । यो अभियान समग्र चितवन अनि संसारभर रहने चितवनेहरुका लागि कोसेढुंगा साबित हुने समन्य समिति स्थापना पहलकर्ता चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्य समितिका सद्भावना दूत सोम सापकोटाले जानकारी दिए ।

यो अभियानले प्रबासमा रहेका नेपालीहरुलाई सहयोगका साथै चितवन लगायत नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको