
२० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता र एकीकरणलाई टुंगोमा पुर्याउन पर्नेमा पार्टी बिभाजन गर्ने खालका गतिविधि र पार्टी बैठकलाई अवरुद्ध गर्ने , पार्टी निर्णयलाई नमान्ने प्रबृत्तिका बिरुद्ध युवा नेताहरुले खबरदारी गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्य तहका युवा नेताहरुले शुक्रबार पार्टी कार्यालयमा दिउँसो १ बजे देखि ४ बजे सम्म पार्टी सत्याग्रह गरेका थिए।
सत्याग्रहमा नेकपाका केन्द्रीय सदस्यहरु जगन्नाथ खतिवडा ,डा। बिजय पौडेल,ठाकुर गैह्रे, रामकुमारी झांक्री, कृष्ण केसी , हिमाल शर्मा , प्रेमलकुमार खनाल, रवीन कोईराला, भास्कर काफ्ले , दिलुकुमारी पन्त, लेखनाथ न्यौपाने, सुरेन्द्र मानन्धर, हर्कबहादुर सिंह लगायतका केन्द्रीय सदस्यहरु थिए।
पार्टीलाई एकताबद्ध बनाउन यो अभियान देशव्यापी रुपमा संचालन गर्न केन्द्रीय सदस्यहरुले आह्वान गरेका छन्।