back

आइबोस ग्लोबलद्वारा आयोजित साँगीतिक कार्यक्रमको तयारी पुरा

वि.सं.२०७३ पुस १३ बुधवार

693 

shares
GLOBAL IME AD
NTC AD

bbbbbbbbbbbbb-e1482038398365

कुमार पन्थी कतार । अंग्रेजी नया वर्षको अवसरमा IBOSS GLOBAL कतारद्वारा आयोजित ‘न्यु ईएर वेलकम नाईट २०१७’ को तयारी पूरा भएको छ । कार्यक्रम आगामी डिसेम्बर ३० तारिख शुक्रबारका दिन कतारको सनैया स्थित एशियन टाउन (ग्रान्ड मलको पछाडी)को हलमा सभ्य एवम भव्य रुपमा सम्पन्न हुदै छ ।

रोजगारीको सिलसिलामा कतारलाई कर्मभुमि बनाई रहेका नेपालीहरुको चाहाना अनुरूप नेपालबाट विभिन्न विधाका चर्चित राष्ट्रिय कलाकारहरु कतार आउदै छन । गायिका तथा मोडेल ज्योति मगर पहिलोपटक कतार आउदै छिन । त्यस्तै लोकप्रिय गायक पशुपती शर्मा, नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेल, मोडेल रश्मी तामाङ्, निर्देशक तथा मोडल शंकर बि.सी, मोडल तथा निर्देशक स्मृति तिमिल्सिना, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) गायक रुप कुमार राई, गायिका कोपिला गुरुङ्, गायिका सहिमा श्रेष्ठ र नायिका तथा उद्घोषिका सुर्जनी के.सी लगायतका दर्जनौ कलाकारहरु कतार आउने आयोजकले जानकारी दिएको छ ।

भर्खरै मात्र चिसिदै गरेको कतारको मौसमलाई सङ्गीतमय बनाउदै चिसो मौसमलाई
कलाकारहरुले विविध प्रस्तुतिहरु प्रस्तुत गरि तताउने भएका छन् । कार्यक्रमलाई
सभ्य एवम भव्य रुपमा सफल बनाउनका लागि कार्यक्रम संयोजक गोपाल न्यौपानेलेविभिन्न संघ सस्था तथा सयोगीहरुसंग समन्वय गरिरहेका छन । कार्यक्रम बृहत किसिमले आयोजना गरिएकोले कार्यक्रम सफल बनाउन त्यति नै चुनौतीहरु रहेकोले आइबोश ग्लोबल युनिट अहोरात्र खट्दै कार्यकर्मको लागि सम्पूर्ण तयारी अन्तिमचरणमा रहेको संयोजक न्यौपाने बताए ।

वि.सं.२०७३ पुस १३ बुधवार ०६:१८ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...