back
CTIZAN AD

को हुन् गृहिणी ?

वि.सं.२०७७ असार २३ मंगलवार

3.2K 

shares

आजकी एउटी सक्षम नारी जो बाहिरी क्षेत्रमा हरेका काम गर्न सक्छिन् । जीवनको आधा समय पढाईमा लगानी गरेर सुनौलो करियर बनाएकी नारी पनि अन्तिममा सर्टिफिकेट बाकसमा थन्काएर सोचाईमा हुन्छिन् ‘करियर सम्हाल्लुँ त घर डुब्यो, घर सम्हालु त लगानी डुब्यो’ आखिर गृहिणी नै बन्छिन् । तर फेरी पनि भनिन्छ घरमा के काम हुन्छ र ? वा गजब छ दुनियाँ ।

आफ्नो खुसीभन्दा अरुको खुसीलाई महत्व दिने, आफूलाई खुम्चाउँदै र रहर लाई मार्दै अरुको निम्ती बाँचेर अरुलाई जीवन र खुसी दिने एउटा जिम्मेवारपूर्ण काम गर्दा पनि कहिल्यै सम्मान र पद नपाउने नारी हुन् गृहिणी ।

परापूर्वकालदेखी नै हिन्दु संस्कारमा भान्साको काम नारीले मात्र गर्नुपर्छ, यो काम उनीहरुलाई सुहाँउछ, यसमा उनीहरु नै सक्षम छन् भनी दिइएको ठूलो जिम्मेवारी आजको युगसम्म नारीले नै सम्हाल्दै आएका छन् ।

भन्सामा काम गर्ने ती गृहिणी जो परिवारको निम्ती एउटा ठूलो डाक्टर हुन्, बच्चाका लागि सुरक्षागार्ड हुन् र पहिलो सक्षम शिक्षक हुन तथा जीवनभर काम लाग्ने र नभई नहुने संस्कारको गुरु हुन । परिवारलाई समय अनुसार चल्न प्रेरित गर्ने हरकार्यमा सफलताको लागि प्रेरणा दिने र परिवारको हरेक सदस्यको लागि आलराम(Alaram) को घण्टी हुन गृहिणी ।
एउटी असल गृहिणीको घर प्रतिको जिम्मेवारीको त्याग र समर्पण बिना कसको घर पूर्ण होला, कसको घर सुन्दर बन्ला, कसको घर स्वर्ग बन्ला ? एउटा घरको सबै कोठाको साँचो हुन गृहिणी जसले घर खोलिन त उज्यालो प्रकाश चारैतिर छ । त्यो बन्द भई खुलेन त सोच्नुस पुरै अन्धकारै अन्धकार । एउटा अरुले लेखेको किताब तपाई जीवनभर पढेर प्राप्त गरेको सर्टीफिकेट र एउटी गृहिणी जीवनभर भोगेर प्राप्त गरेको अनुभव संग दाँज्दा सर्टिफिकेट फितलो बन्ला जुन अनुभव त्यती बलियो हुन्छ । सबैका लागि काम लाग्ने किताब सरह हुन्छ ।

हो गृहिणी बिना घर अधुरो हुन्छ भनेर जान्दा जान्दै हरेकले सोध्ने एउटै प्रश्नविहान देखी बेलुकासम्म घरमै रहने हो के काम छ र ? हरेक दिन हरेक क्षण उनी भान्सामा काम गर्दा हरेकको लागि कतिबेला के खाने, कस्तो खानाले शरीरलाई पोषण दिन्छ, कुन बिरामीले के खाने उनको आफ्नै अनुभवको तालिका छ । त्यसैले भान्सा रुपी ठूलो मेडिकलमा हरेक दिन आयुर्वेदिक औषधी बनाउने वरिष्ठ कविराज हुन गृहिणी, तर भनिन्छ केही थाहा छैन पढेको भए पो ।

बालबच्चाको लागि हरक्षण कहाँ जाने, कहाँ नजाने, के खाने के नखाने, के गर्ने, के नगर्ने आदि कुराहरुको ट्राफिक नियम अनुरुप नै एउटा सीपाहीको भूमिका निर्वाह गरेको हुन्छिन् के उनी कमजोर छिन ? उनका कृयाकलापले परिवार हाँसेको हुन्छ, नाँचको हुन्छ र रमाएको हुन्छ । के उनी कलाकार भन्दा कम छिन् ? एउटा परिवारलाई खुसी, माया, हौसला, प्रेरणा, सबै चीज दिनको लागि हरपल समर्पित भएकी हुन्छिन तर पनि उनलाई भनिन्छ, जीवनभर के गरी र कति कमाई ?

एउटी नारी भान्साभित्र हराउँदा हराउँदै बाहिरी संसारसँग त्यती नजिक हुने समय पाउँदिनन् । एउटा परिवारको खुसीको लागि आफूलाई विर्सेर तनमन घरभित्र सुम्पने नारीलाई भनिन्छ– त्यही बिहान बेलुका खाना बनाउने गृहिणी हो यसले के जानेकी छ र ? मान सम्मानका कुरा, सस्कारका कुरा, पारिवारिक हरेक कुराको जुनसुकै सवाल सोध्नुस, चित्तबुझ्दो जवाफ दिन्छिन् के उनी वकिल भन्दा कम छिन् ? तर फेरि उनलाई भनिन्छ बोल्ने ढङ्गै छैन, बाहिरी संसार देखेको भए पो ?

आजकी एउटी सक्षम नारी जो बाहिरी क्षेत्रमा हरेका काम गर्न सक्छिन् । जीवनको आधा समय पढाईमा लगानी गरेर सुनौलो करियर बनाएकी नारी पनि अन्तिममा सर्टिफिकेट बाकसमा थन्काएर सोचाईमा हुन्छिन् ‘करियर सम्हाल्लुँ त घर डुब्यो, घर सम्हालु त लगानी डुब्यो’ आखिर गृहिणी नै बन्छिन् । तर फेरी पनि भनिन्छ घरमा के काम हुन्छ र ? वा गजब छ दुनियाँ ।

वास्तवमा एउटी नारीले समालेको घर स्वर्गतुल्य हुन्छ, जसले घरको खुसी, इज्जत, सम्मान, रितिरिवाज, संस्कार आदि कुराहरुको जिम्मेवारपूर्ण पेशा हरेक दिन गरिरहेकी हुन्छिन, जसको कहिले पनि छुट्टि हुँदैन, कहिल्यै तलब मिल्दैन । मान सम्मान र पद पनि मिल्दैन । उनको छुट्टै इज्जत र प्रतिष्ठा राख्ने बुद्धिमानी मनहरु कम भएर त होला, आजका नारी आफूलाई गृहिणी भनेर परिचित गराउन हिच्किचाउँछन् ।

एउटी गृहिणी जो संस्कारकी गुरु, जीवनको पहिलो र असल शिक्षक हुन् । जीवनभर जिम्मेवारीको घुम्टो ओढेको, कर्तव्यको माला लगाएकी, बाधा व्यवधानको जुत्ता लगाएकी, चुनौतीहरुको पहिरन पहिरेकी र बन्धनयुक्त सिन्दुर लगाएकी हेर्दा श्रृंगारयुक्त सुन्दरी देखीने तर यथार्थमा परिवेशले बाँधिएकी प्राकृतिक फूल हुन् गृहिणी ।

(पैयुँ ३ पर्बत बेउलीबासकी लेखक भुसाल, हाल रुपन्देहिको तिलोत्तमाबाट कलम चलाउँछिन् । )

वि.सं.२०७७ असार २३ मंगलवार १०:३७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...