
२४ असार, काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाको प्राथमिक सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा सुचिकृत भएको छ । भर्खरै बिक्रि पश्चात बाँडफाँड गरेको प्राथमिक सेयर सहित १ करोड ८४ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।
सेयर सुचीकरण भएसंगै भोली (बिहीबार)बाट सेयरको दोस्रो बजारमा कारोबार हुने छ । सो लघुवित्तले गत असार १० गतेदेखि ४६ लाख कित्ता प्राथमिक सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । सेयर सचेतता भएको २ हप्ता पनि नपुग्दै दोस्रो बजारमा कारोवार सुरु हुन लागेको हो ।
यसको सेयरलाई कारोबारको लागि नेप्सेले एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने यसको पहिलो कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको सम्मको कारोबारको रेञ्ज प्रदान गरेको बताईएको छ ।
वि.सं.२०७७ असार २४ बुधवार १७:३४ मा प्रकाशित