
२५ असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । बुधबार अमेरीकामा ६० हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन जो अहिले सम्मकै सबै भन्दा धेरै हो ।
बुधबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ३१ लाख ५८ हजार ९ सय ३२ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सय ६२ रहेको छ ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ६१ हजार ८ सय ४८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय ९० जनाको मृत्यु भएको छ ।