back

रोपाई गर्ने क्रममा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

वि.सं.२०७७ असार २५ बिहीवार

111 

shares
NTC AD
Global IME AD

२५ असार, सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुईजना घाइते भएका छन् । रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ ।

आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको निधन र कमलादेवी मुखिया घाइते भएका थिए । चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको निधन भएको र मुखिया होसमा आई घर फर्किसकेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

त्यस्तै चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् । उनीलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर एकको निधन

जिल्लामा करेन्ट लागेर एक जनाको निधन भएको छ । निधन हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहेको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनीलाई करेन्ट लागेर निधन भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । करेन्ट लागेर गम्भीर बनेका उनीलाई उपचारका लागि बयलवासतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

यसैबीच सर्लाहीको वागमती नगरपालिकामा डुबेर एक व्यक्तिको निधन भएको छ । वागमती नगरपालिका वडा नं १ सैलुङडाँडा बस्ने ४५ वर्षीय कलमान लोप्चनको पँधेरीखोल्सीमा डुबेर निधन भएको प्रहरीले जनाएको छ । बुधबार साँझ लोप्चनको पँधेरीखोल्सीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । शव परीक्षणका लागि दुवै जनाको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । रासस

वि.सं.२०७७ असार २५ बिहीवार १२:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...