
१.
आयो अब सलह
सललल खेतबारी
कोरोनाको मीत बनेर !
२.
झरेका झर्यै नदी
खेर गयो उर्जा सबै
ऋणमा डुबेको छ देश !
३.
देश सबै उनै रे!
नखाए त पाइन्न र !!
’बन्छ, बन्छ’, बन्छ देश र !!!
४.
बच्दैन कि देश यो !
भयङ्करडर पस्यो !!
के होला र, केही नसुन्दा !!!
५.
मनभित्रै जेलमा
कोसीझैँ ठूलो भेलमा
फस्छौ किन सधैं रेलामा !