
२८ असार, काठमाण्डौं । बलिउडका चर्चित नायक अमिताभ बच्चन तथा उनका छोरा नायक अभिषेक वच्चनलाई कोरोना संक्रमण पोजेटिभ पाईएको छ ।
आफूमा कोरोना संक्रमण देखिएको अमिताभ बच्चन आफैले शनिबार ट्विट गर्दै जानकारी दिँदै १० दिनयता आफूलाई भेट्ने सबैलाई कोरोना परीक्षण गर्न सुझाव समेत दिएका छन् ।
७७ वर्षीय बच्चन अहिले मुम्बईको नानावती अस्पतालमा भर्ना भएर उपचार गराई रहेका छन् ।
‘उनले भनेका छन । मलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । मेरा परिवारका सदस्य क्वारेन्टिनमा रहेका छन् । उनीहरुको कोरोना परीक्षण भइसकेको छ तर रिर्पोट आएको छैन ।’
बाबुमा कोरोना संक्रमण देखिएपछि परीक्षण गराएका अभिषेक बच्चनमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
लिवर र मिर्गौलाको उपचार गराईरहेका अमिताभ बच्चनलाई शनिबार ज्वरो आउनुका साथै सास फेर्न समस्या भएपछि उनमा कोरोना परीक्षण गरिएको थियो ।