
२८ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख ५० हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख ५० हजार ३ सय ५८ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार ६ सय ६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा २७ हजार ७ सय ५५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ सय ४३ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड २८ लाख ४७ हजार २ सय ८८ पुगेको छ भने ५ लाख ६७ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ ।