
२८ असार, काठमाडौँ । जनता समाजबादी दलका वरीष्ठ नेता तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भटराइले नाती पाएको भन्दै खुशि सार्वजनिक गरेका छन् ।
असार २८ गते बिहान १० ०५ वजे नाती छोरी मानुषि र ज्वाइ जेकेन्द्रबाट नाति पाएकोमा बाबुरामलाइ बधाइको लर्को नै लागेको छ ।
उनि आफैले सञ्जालमार्फत हजुरबुबा बन्न पुगेको घोषणा गर्दै आफ्नो नवजात नातिलाई बाइसौ शताब्दि देख्ने सम्भावना भएको एकमात्र शिशु भएको बताएका छन् ।
उनले भनेका छन :
बल्ल हजूरबा भैयो!असार२८गते विहान१०.०५ बजे टिचिंग अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ! डा.गीता गुरूंग र टिमलाई सफल अपरेसनकालागि धन्यवाद! अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना!मानुषी-जेकेन्द्रलाई वधाइ! pic.twitter.com/8YgvKYOhee
— Baburam Bhattarai (@brb1954) July 12, 2020