२८ असार, काठमाडौँ । केही दिनयता सुनको भाउ घट्दो क्रममा छ । असार २५ गते सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज आइतबार पनि प्रतितोला १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६६० रुपैयाँ तोकेको छ ।
शुक्रबार छापावाल सुन ९२ हजार २०० रुपैयाँ पुगेको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ रहेको थियो ।
शुक्रबार पनि सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँ रहेको छ।
असार २५ गते सुन र चाँदीको भाउ नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेका थिए । सो दिनको सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ रहेको थियो भने चाँदी प्रतितोला ९८० रुपैयाँ मा पुगेको थियो। त्यसदिन यता सुन लगातार घट्दो क्रममा छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।