Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमित बढेसँगै भारतमा भेन्टिलेटरको व्यापक अभाव, उपचारमा समस्या



काठमाडौं । भारतमा कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको, तर अक्सिजन उत्पादन बढाउन नसकेकाले बिरामीको उपचारमा समस्या भएको हो ।

महाराष्ट्रलगायतका राज्यमा संक्रमित बिरामीहरु अक्सिजन अभावको समस्या भोगिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर स्थितिमा पुगेका बिरामीहरुलाई अक्सिजनको सहारामा भेन्टिलेटरमा राख्नुपर्ने भएपनि अक्सिजन अभाव हुँदा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन्


गम्भीर स्थितिमा पुगेका बिरामीहरुलाई अक्सिजनको सहारामा भेन्टिलेटरमा राख्नुपर्ने भएपनि अक्सिजन अभाव हुँदा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । भारतमा सोमबारसम्म ८ लाख ५० हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

अस्पताल र हेरचाह केन्द्रहरुमा दैनिक करिब १३ सय टन अक्सिजन आवश्यक पर्ने भएपनि महामारी अघि ९ सय टन मात्रै मौज्दात थियो । भारतमा उत्पादन हुने अक्सिजनको १५ प्रतिशत मात्रै अस्पतालमा र बाँकी स्टील र अटोमोबाइल उद्योगहरुमा प्रयोग हुने गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा