
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर कोरोना भाइरस (कोभिड–१९)का ८२ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ३ हजार ९ सय १६ जनाको पिसिआर विधिबार कोरोना परीक्षण गरिदाँ ८२ जना भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार कोरोना संक्रमणबाट निको हुनेको संख्यामा पनि निकै बृद्धि भएको छ । प्रवक्ता गौतमले जनाएनुसार हालसम्म ५१.१ प्रतिशत अर्थात ८ हजार ५८९ जना संक्रमित निको भई घरसमेत फर्किसकेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १४७ जना संक्रमित निको भई घर फर्किएका छन् ।