
काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार आइतबार दिउसो गरिएको दोस्रो परीक्षणमा अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यामा समेत कोरोना संक्रमण देखिएको हो ।
यसअघि ऐश्वर्याका ससुरा एंव अभिनेता अभिताभ बच्चन र पति अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको थियो । अभिताभ र अभिषेकमा कोरोना संक्रमण देखिएसँगै परिवारका सबै सदस्यको परिक्षण गरिएको हो । तर, पहिलो परीक्षणमा ऐश्वर्याको रिपोर्ट नेगेटिभ देखाएको थियो ।
परिवारका अन्य सदस्यहरुको भने दोस्रो परीक्षण रिपोर्ट भने नेगेटिभ देखिएको जनाइएको छ । जनाइएअनुसार जया बच्चन, श्वेता बच्चन, अगस्तया बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।