back

३६ अर्बको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

वि.सं.२०७७ असार २८ आइतवार

108 

shares
NTC AD
Global IME AD

२८ असार, काठमाडौँ । उद्योग क्षेत्रमा चालू आर्थिक वर्ष २०७६/७७ का लागि रु ३६ अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको छ । यही असार २१ गतेसम्म २१३ उद्योगमा रु ३५ अर्ब ९४ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिबद्धता चीन सरकारबाट आएको छ । यसैगरी चीनपछि भारत, अमेरिका, मलेसियालगायतका देशबाट लगानी प्रतिबद्धता आएका छन् ।

विभागका प्रवक्ता विनोदकुमार खड्काका अनुसार गत वर्षको तुलनामा उद्योगको सङ्ख्यामा कमी आए तापनि लगानीमा वृद्धि भएको छ । उनका अनुसार गत वर्षको तुलनामा असार २१ गतेसम्म रु १० अर्ब २७ करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आइसकेको छ । गत वर्ष ३४४ वटा उद्योगमा रु २५ अर्ब ४७ करोड लगानी प्रतिबद्धता आएको थियो ।

कुन क्षेत्रमा कति लगानी ?

चालू आर्थिक वर्षमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आए तापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको खड्काले जानकारी दिए । उनका अनुसार सेवामूलक क्षेत्रमा ६८ उद्योगका लागि रु दश अर्ब ६५ करोड, पर्यटन क्षेत्रमा ७५ उद्योगका लागि रु नौ अर्ब ७१ करोड ६९ लाख, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि रु ७० करोड ८१ लाख प्रतिबद्धता आएको छ ।

यसैगरी ऊर्जा क्षेत्रका छ उद्योगमा रु ५२ करोड ७४ लाख, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि र रु चार करोड ४७ लाख बराबरको लगानी गर्ने प्रतिबद्धता आएको छ ।

विभागको तथ्याङ्कअनुसार सरकारले कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीको अवधिमा ३६ उद्योगमा रु छ अर्ब छ करोडभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ ।

यसैगरी चालू आवमा विदेशी लगानीमा रहको उद्योगले १० हजार ७२४ जनालाई र स्वदेशी उद्योगले १७ हजार १७१ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका थिए ।

(रासस)

वि.सं.२०७७ असार २८ आइतवार १९:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...