२८ असार, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेम हालसम्मको प्रदेश विवरण यसप्रकार रहेको छ ।
जसमा प्रदेश १ मा शून्य रहेको छ भने प्रदेश २ मा ४ जना, बाग्मती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा ३८ जनाको मृत्यु भइसकेको छ ।