Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा आजसम्मको कोरोना अपडेट: यस्तो छ हेर्नुहोस् पूर्ण विवरण



२८ असार, काठमाण्डौं । नेपालमा शुक्रबार (२८ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ८२ हजार ५१५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३,९१६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,१७४ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २३ हजार ७८४ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ८२ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १६,८०१ पुगेको छ भने आज निको भएर १४७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ८,५८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आजसम्म मृतकको संख्या ३८ रहेको छ ।

आज ८२ जना नयाँ संक्रमित भेटिए
नेपालमा आज ८२ जनामात्रै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ८२ जना मात्र संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार आज धनुषामा १९, सुर्खेतमा ११, कालिकोटमा ७, तनहुँमा ६, काठमाण्डौंमा ५, चितवनमा ५, बाग्लुङ, मोरङ, पर्वत, रुकुमपश्चिम, लम्जुङ, डडेल्धुरा र कैलालीमा २\२ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरबाट कोरोनाका ८२ संक्रमित थपिए, संक्रमितको संख्या झण्डै १७ हजार पूग्यो

त्यसैगरी सर्लाही, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, सोलुखुम्बु, नवलपरासीपूर्व, स्याङजा, गोर्खा, गुल्मी, पाल्पा, दैलेख, बझाङ, झापा र दार्चुलामा १\१ गरी आजसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज थपिएका ८२ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,८०१ पुगेको छ ।

यस्तो छ आज संक्रमित हुनेको प्रदेश विवरण
मन्त्रालयका अनुसार आइतबार संक्रमित पुष्टि भएका ८२ जनामध्ये प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५ जना, प्रदेश नं ५ मा २ जना, कर्णाली प्रदेशमा २१ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा ८२ जना संक्रमित भेटिएका हुन् ।

आज पनि १४७ जना कोरोना संक्रमणबाट निको भए
नेपालमा आज पनि १४७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचारत १४७ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
आज डिस्चार्ज भएका १४७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ८,५८९ पुगेको छ ।

यस्तो छ हालसम्म प्रदेशमा क्वारेन्टिनमा रहनेको विवरण
नेपालमा हालसम्म २३ हजार ७८४ जना क्वारेन्टिरनमा रहेको विवरण मन्त्रालयले जानकारी दिएको छ । जसमा प्रदेश १ मा २,७६७, प्रदेश २ मा ३,०९४, बाग्मती प्रदेशमा १,८८७, गण्डकी प्रदेशमा ३,८५२, प्रदेश नं ५ मा ४,९३०, कर्णाली प्रदेशमा १,८४५ र सुदूरपश्चिम प्रदेशमा ५,४०९ जना गरी जम्मा २३ हजार ७८४ जना क्वारेन्टिनमा रहेका छन् ।

कुन प्रदेशको आइसोलेशनमा कति संक्रमित छन् त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १८० जना, प्रदेश २ मा १,९१३ जना, बाग्मती प्रदेशमा ४६१ जना, गण्डकी प्रदेशमा ९०१ जना, प्रदेश नं ५ मा १,६८४ कर्णाली प्रदेशमा ३८८ जना र सुदूरपश्चिम प्रदेशमा २,६४७ जना रहेका छन् ।

 कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा हालसम्मको प्रदेश विवरण यसप्रकार रहेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा शून्य, प्रदेश २ मा ४ जना, बाग्मती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना गरी जम्मा ३८ जनाको मृत्यु भइसकेको छ ।

५०० भन्दा बढी संक्रमित रहेका जिल्ला
५०० भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएका जिल्लाहरुको संख्या ५ रहेको छ ।  मन्त्रालयका अनुसार ती जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।

संक्रमण मुक्त जिल्ला
त्यसैगरी धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला अहिले कोरोना मुक्त जिल्ला घोषित भएका छन् ।

आजपनि ४३१ जना अस्पतालबाट डिस्चार्ज
नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि देशका विभिन्न अस्पतालमा उपचाररत ४३१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आज निको भएका ४३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८,४४२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ५०.५ प्रतिशत हो ।

नेपालमा असार २७ सम्मको कोरोना अपडेटः १६,७१९ संक्रमित, ८,४४२ जना संक्रमण मुक्त, ३८ जनाको मृत्यु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा