Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

खोलाले बगाउँदा एक दम्पत्ती बेपत्ता



३० असार, चरिकोट । दोलखाको विगु गाउँपालिका–२ ओराङमा खोलाले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । विगु गाउँपालिका–२ ओराङ टाइवा निवासी ६५ वर्षीय रामजी विक र उनकी ६० वर्षीया श्रीमती बुद्धिमाया विकलाई खोलाले बगाउँदा बेपता भएको आफन्त उद्धव विकले जानकारी दिए ।

सोमबार बिहान घरदेखि तल खेतमा गएका ती दम्पती बीचमा रहेको टाइवा खोलाले बगाएको हुनसक्ने आफन्तहरुले बताएका छन् । सोमबार बिहान ती दम्पती खेतमा गएको र हालसम्म बेपत्ता रहेको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ ।

घटनास्थल पुगेको असई कैलाशकुमार श्रेष्ठको टोलीले टाइवा खोलादेखि तातोपानी दोभानसम्म खोजी गरेको र फेला नपरेको तथा खोजी भइरहेको जनाएको छ । इप्रका सिङ्गटीका प्रहरी निरीक्षक सुनजीत तामाङले बेपत्ता भएको पुष्टि भए पनि खोलाले नै बगाएको प्रमाण नभेटिएको बताए । दम्पतीको चार छोरीहरु रहेको र सबैको विवाह भइसकेको बताइएको छ ।(रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा