
काठमाडौं । हाँस्य कलाकार सागर लम्साल ‘बले’ अभिनित ‘धोका भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा बले निकै भावूक शैलीमा देखिएका छन् ।
सन्तोष सुनारको शब्द, संगीत तथा स्वरमा रहेको गीतमा सागर लम्साल ‘बले’ र रोशनी कार्कीले मोडलिङ गरेका छन् । गीतको भिडियोलाई मनोज बस्नेतले निर्देशन गरेका छन् भने रामकुमार केसीले छायांकन गरेका हुन् । गीतको भिडियोलाई एट के एभरेष्ट मोशनद्वारा यूट्युबमा सार्वजनिक गरिएको हो ।
जातिय भेदवादका कारण प्रेम सम्बन्धमा आएको समस्यालाई गीतको भिडियोमा समेटिएको छ ।
यस्तो छ गीतको भिडियो