-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

मैले बुझेको देश अलि फरक छ



शासकले तपाईंको तातो खुनमा यस्ता थर्मोमीटर बारम्बार लगाइरहन्छन अनि तपाईं पनि एक सय चार डिग्री जोरोलाई राष्ट्रवाद हो भन्ने भ्रममा जीवनभर थला परिरहनु हुन्छ ।


गुन्द्रुक चाइनाबाट प्याक भएर आउन थाल्यो, रामकै मूर्ति पनि चाइनाले नै बनाइदिन्छ, चन्द्र सूर्य झण्डा इण्डिया बोर्डर नजिकका देशीहरूले छापेर पठाइदिन्छन,मोबाइल कोरिया गएको साथीले पठाइदिन्छ, आमाले घरको करेसोमा ढाड मर्काइरहन्छिन, ऊ चाहिं शहरको डेरामा बस्छ, इण्डियन चामलमा चाइनीज गुन्द्रुकको झोल हालेर खान्छ अनि त्यही चन्द्र सूर्य टीशर्ट लगाएर लाइभमा बस्छ र चोर औंलो ठड्याएर कोरियन मोबाइलबाट भन्छ– खबरदार ! लिपुलेक हाम्रो हो, बुद्ध हाम्रो हो, राम हाम्रो हो, अयोध्या हाम्रो हो।। सप्पै हाम्रो हो ।

मलाई थाहा छ मैले यो स्टाटस लेखे बापत गाली खान्छु । उस्तै परे मलाई देशद्रोही पनि भनिएला । देशको माटोमा कैयौं वर्ष कोदालो चलाएको मलाई कैलै ब्याकग्राउन्डमा चन्द्र सूर्य झण्डा राखेर फोटो खिच्नु पर्छ वा कविता पढेको भिडियो बनाउनु पर्छ जस्तो लागेन । मलाई कैलै झण्डा समातेर फोटो खिचेमा बढी राष्ट्रभक्त भइन्छ जस्तो लागेन । कैलै छिमेकी देशलाई गाली गरेर वा मन नपरेका देशलाई गाली गरेर राष्ट्रवादी भइन्छ जस्तो लागेन । न ह्रितिक रोशन कान्ड न लिपुलेक काण्ड, मेरो रगत कैलै उम्लेन । न त नाकाबन्दीमा नै म आक्रोशित भएँ ।

मलाई लाग्छ देशलाई माया गर्नु भनेको देशलाई बुझ्नु पनि हो । देशमा शासन गर्नेहरूलाई बुझ्नु पनि हो । मैले बुझेको देश अलि फरक छ । मैले बुझेको देशमा बढी झूठ, भ्रम, अफवाह र मिथ्या बिक्छ । यी चिजहरू बेच्नेलाई यसकारण सजिलो छ कि हामी ती चिजहरू सजिलै किनिदिन्छौं । डिस्काउन्ट पाए हामी क्वालिटी मतलब गर्दैनौं ।

नयाँ नक्शा जारी भएको कती भयो हेर्नुस् त । त्यो भूमिमा आफ्नो हक दावी गर्न के के गर्यो सरकारले अहिले सम्म थाहा पाउनुभाछ ? वार्ता गर्यो कि, सेना लगेर राख्यो कि, भारतीय नागरिकता लिएका त्याहाँका नागरिकका नागरिकता फिर्ता गर्न लगाएर नेपाली नागरिकता दियो कि ? के गर्यो अहिले सम्म ? मैले चाहिं केही थाहा पाएको छैन (तपाईंलाई थाहा छ भने भन्दिनुहोला) । तर फ्याट्ट अयोध्या काण्ड आइदियो बजारमा हुन त परराष्ट्रले विज्ञप्ती नै निकालिसक्यो) । के जरुरी थियो यो समयमा यस्तो काण्ड ? नक्शामा दावी गरिएको भूमि फिर्ता लिन कुनै पहल नगर्ने तर नयाँ नयाँ काण्ड सृजना गरेर तपाईंलाई अलमल्याउने काम भएको तपाईं चाल पाउनुहुन्न ?

मैले माथि भनेको छु नि नेपालमा झूठ, भ्रम, मिथ्या र अफवाह बिक्छ भनेर ! अरू सबै बाटो सकिए पछी मानिसले ‘मिथ’ समाउँछ । अर्थात धर्म र इतिहास सम्बन्धी त्यान्द्रो समाएर समाज संग खेल्न खोज्छ । किनकि चतुर राजनीतिज्ञलाई थाहा हुन्छ राष्ट्रवाद, जात र धर्मको कुरा उठाएर पब्लिक सेन्टिमेन्ट क्यास गर्न सके आफू सर्भाइभ गर्न सकिन्छ । र अहिले भएको पनि त्यही हो । शासकले तपाईंको तातो खुनमा यस्ता थर्मोमीटर बारम्बार लगाइरहन्छन अनि तपाईं पनि एक सय चार डिग्री जोरोलाई राष्ट्रवाद हो भन्ने भ्रममा जीवनभर थला परिरहनु हुन्छ ।

हद नै पार गरिरहेका भारतीय च्यानल अलि अँस्ती बन्द भए । तपाईंलाई बहुत खुसी लाग्यो होला । तर मलाई ठीकै मात्र लाग्यो । खास खुसी त त्यो बेला लाग्नेछ– जती बेला भारतीय चामल बन्द हुन्छ । एकपटक किचन देखि ट्वाइलेट सम्म, आँगन देखि छत सम्म ध्यान दिएर हेर्नुस त के के सामान भारतबाट आएका रहेछन ? हुन त पैसा दिएर किनेको हो भन्नुहोला ! तर यो बुझ्नुस तपाईं पैसा तिर्नकै लागि पनि दुश्मनको पसलमा चहिं जानुहुन्न । या अन्त नै जानुहुन्छ या बाध्य भएर तेश्रो व्यक्तिलाई ‘जा न फलानोकोबाट किनेर ल्याइदे’ भन्नुहुन्छ । तेश्रो व्यक्तिले कमिसन नै खाए पनि सहन बाध्य हुनुहुन्छ । किनकि तपाईं आत्मनिर्भर हुनुहुन्न ।

हो, तिनै तेश्रो व्यक्ति नेता हुन । हामी लाचार उपभोक्ता । हामीलाई यिनीहरूले यसरी बाध्य बनाइदिएका छन कि हामीमा यस्तै बेमौसमी राष्ट्रवादको पारो चढाइदिन्छन बेला बखत र आफू सत्ता अनि शक्तीको सिंढी चढ्छन । ल मान्नूस्, राम नेपालमै जन्मेका हुन, त्यसले तपाईंको भान्सा देखि बाथरूम सम्म, आँगन देखि छानो सम्म के फरक पार्छ !

मूर्ख हुनुको पनि एउटा ‘लिमिट’ हुन्छ साथीहरू । आफ्नो आर्थिक,पारिवारिक,समाजिक हैसियत कहाँ पुग्यो ख्याल छैन, दैनिक कती दाजुभाई दिदी बहिनीले देश छोडिरहेछन मतलब छैन, अलिकती ठाउँ पायो वा अलिकती नेताले उचाल्दियो कि झण्डा समातेर, खुकुरी देखाएर के के न देशभक्त देखाको छ आफुलाई, बुद्धिजीवी भनाउँदाबाट नै चाहिंदै नचाहिने कुरामा बहस चर्काएको छ, उद्यमशील र सृजनशील समयलाई अनावस्यक बहसमा लगाएको छ ! मानौं कि सबथोक पुगेको छ जस्तो ।

गुन्द्रुक चाइनाबाट प्याक भएर आउन थाल्यो, रामकै मूर्ति पनि चाइनाले नै बनाइदिन्छ, चन्द्र सूर्य झण्डा इण्डिया बोर्डर नजिकका देशीहरूले छापेर पठाइदिन्छन,मोबाइल कोरिया गएको साथीले पठाइदिन्छ, आमाले घरको करेसोमा ढाड मर्काइरहन्छिन, ऊ चाहिं शहरको डेरामा बस्छ, इण्डियन चामलमा चाइनीज गुन्द्रुकको झोल हालेर खान्छ अनि त्यही चन्द्र सूर्य टीशर्ट लगाएर लाइभमा बस्छ र चोर औंलो ठड्याएर कोरियन मोबाइलबाट भन्छ– खबरदार ! लिपुलेक हाम्रो हो, बुद्ध हाम्रो हो, राम हाम्रो हो, अयोध्या हाम्रो हो।। सप्पै हाम्रो हो ।

घरबेटी बाहिर बाट चिच्याउँछ– ए बेकुफ, कामधाम गरे त घरभाड़ा तिर्थिस् कि ! कोठा भित्र एक्लै कराउँदा कराउँदा बहुलाउलास् भन्ने डर भओ !!
शुभदिन

(गिरीको फेसबुकबाट)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं