
१
आपसमा कलह
घरभित्रै भाँड भैलो
पायो दुश्मनले खुराँक ।
२
न नेपाली चोली
न त छ नेपाली बोली
सस्तो नबनोस् राष्ट्रियता ।
३
वैदेशिक यो मोह
श्रम र सीप बन्धकी
फर्क्यो बाकसमा भविष्य ।
४
पसिना भेल झरि
सृजनाका बीजहरू
फुटाउनु छ गराभरि
५
सुन्दर फूलहरु
नफक्रिँदै बगैंचामा
निमोठीएछन् मालीबाटै ।