back

मिर्गौला बेचबिखन गर्ने गिरोह पक्राउ

वि.सं.२०७३ पुस १४ बिहीवार

765 

shares

१४ पुस,काठमाडौँ  । महानगरीय प्रहरी अपराध महाशाखाले भारतका विभिन्न सहरमा जागिर लगाइदिने प्रलोभन देखाई मानव अङ्ग मिर्गाैला बेचबिखन गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मिर्गौला निकाली बेचबिखन गर्ने तीन जनालाई पोखरा र काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई बौद्ध बस्ने विकास भन्ने बिनुबहादुर तिमल्सेना, दोलखा घर भई भक्तपुर बस्ने प्रकाश बस्नेत र कास्की घर भई पोखरा बस्ने भीमप्रसाद न्यौपाने रहेका छन् ।

सो अवसरमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जागिर लगाइदिने बहाना बनाएर लैजाने, विभिन्न प्रकारका खानेकुरा खुवाएर लठ्याउने र मिर्गाैला झिकेर बेच्ने तथा पुनःनेपाल ल्याइदिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म पाँच जनाको मिर्गाैला झिकेर बिक्री गरेको अनुसन्धानमा खुल्न आएको छ ।”

उहाँले मिर्गाैला बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जनाको खोजी कार्य जारी रहेको पनि बताउनुभयो ।

सात किलो सुनसहित एकजना पक्राउ

यस्तै महाशाखाले सात किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । अवैधरुपमा सुन ओसारपसार गरेको आरोपमा सिन्धुपाल्चोक लिस्ती घर भई हाल स्वयम्भु बस्ने कुन्साङ लामालाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक खनालका अनुसार बा ८ च ७४२० नंको हाइलक्स गाडीमा राजस्व छलेर सुन ल्याउँदै गरेको अवस्थामा बुधबार साँझ उनलाई पक्राउ गरिएको हो । सुनसहित पक्राउ परेका चालक लामालाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १४ बिहीवार १३:२७ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...