
काभ्रेमा बोक्सिको आरोपमा मारिएकी लक्ष्मी परियाका छोराहरुको नामा संयुक्त खाता खालिएको छ । आमा लक्ष्मी परियार मारिएपछि बिचल्लीमा परेका उनको छोराहरुलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले संयुक्त खाता खोलिएको हो । दलित एकता संजाल नेपाल, अन्तराष्ट्रीय समन्वय समितिको पहलमा लक्ष्मीका ३ छोराहरुको नाममा आर्थिक संकलन अभियान सुरु गरी खाता समेत खोलिएको हो ।
धुलिखेलमा अबस्थित राष्ट्रिय बाणिज्य बैंकमा लक्ष्मी परियारका छोराहरु सागर परियार सुमन परियार र सुशील परियारको नाममा खोलिएको खातामा सिधै जम्मा गर्न सकिन्छ । सञ्जालले टुहुरा ती बालकहरुको भबिस्यको लागि मानवीय सहयोग गर्न चाहनेहरुलाई सहयोगी हातहरु अगाडि बढाउन अनुरोध गरेको छ ।
पैसा जम्मा गर्नका लागि
राष्ट्रिय बाणिज्य बैक
साखा कार्यालय धुलिखेल :
खाता न :.१०४००२१२७२१०
।
वि.सं.२०७३ पुस १५ शुक्रवार ०३:३१ मा प्रकाशित






























