back

खगेन्द्र नवजीवन केन्द्रलाई सुविधा सम्पन्न बनाउन छलफल

वि.सं.२०७३ पुस १५ शुक्रवार

3.9K 

shares

khagendra-nawa-jiban

अपाङ्ग रहेका खगेन्द्र बहादुर बस्नेतको परिकल्पना अनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहाराको थलो रहेको छ ।

राजधानीको जोरपाटी हुदै साखु जाने बाटोमा नारायणटार चोक र बागमती पुलको बिचमा अबस्थित खगेन्द्र नवजीवन केन्द्र’ ८५ रोपनी क्षेत्रफलमा अबस्थित गृहमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको छ । यहाँ अबस्थित १८ जना अपांगहरुको खर्च नेपाल
सरकारले गर्छ भने बाँकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।

शारीरिक असक्षमता कसैको रहर हुदैन यो त कुनै पनि मानिसहरु लाइ मात्र हुन सक्ने प्राकृतिक कुरा हो,जसलाई जसरी पनि र जहिले सुकै हुन सक्दछ। शारीरिक रूपमा असक्षम भएको मानिसहरुलाइ कठै, बरा ,छि छि र दुर दुर हैन सहानुभूति माया  र अबसरको अनुभूति दिन आबस्यक हुन्छ।

केन्द्रले राजधानीबाहेक मुलुकभर झापा, धनुषा, काठमाडौँ, दाङ, बाँके र कैलालीमा शाखा विस्तार गरी सेवा दिइरहेको छ । केन्द्रले हाल कार्यालय परिसरमा हाड र नसासम्बन्धी १०० शै्ययाको नेपाल अर्थापेडिक अस्पताल सञ्चालन गरी आर्थिक रुपमा सक्षम भएका व्यक्तिलाई सशुल्क र आर्थिक रुपमा विपन्न व्यक्तिको निःशुल्क रुपमा
उपचार गर्दै आएको छ । त्यस्तै केन्द्रले खगेन्द्र माध्यमिक विद्यालय सञ्चालनगरी अपाङ्गता भएका विद्यार्थीलाई शिक्षाको सहज पहुँच पनि दिदै आएको छ।

केन्द्रले सरकारसँग अपाङ्गमैत्री कार्यालय भवन, स्याहार गृह र तालिम केन्द्र निर्माणको अपेक्षा गरेको अनुसार यस क्षेत्रका माननीय सांसद रामेश्वर फुयालले खगेन्द्र नवजीवन केन्द्रलाई सुधार गरी अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सहज र सरल बनाउने बारेमा बिगतदेखिनै सरोकारवाला, सरकार र स्थानीय स्थरमा छलफल
गर्दै आउनु भएकोमा भर्खरैमात्र नेपाल अपाङ्ग सङ्घको अबलोकन तथा बिस्तृत छलफल गर्नु भएको छ ।

केन्द्रको सुधारको बारेमा सम्माननीय राष्ट्रपति विध्यादेवी भण्डारी स्वयमले चासो व्यक्त गर्नु भएको छ भने यस अघि धेरै पटक राष्ट्रपति कार्यालय र स्थानी यस्तरको छलफल पछी माननीय सांसद रामेश्वर फुयाल, राष्ट्रपति कार्यालयका प्रतिनिधी, कन्सल्ट्यान्टका प्रतिनिधी र नेपाल अपांग संघ,  नेपाल स्पाइस कर्ड इन्जुरी स्पोर्ट एसोसियसन लगायतका प्रतिनिधीहरु बिच केन्द्रमा छलफल गरिएको छ ।

केन्द्रको वर्तमान अवस्थाको अबलोकन गर्दै यसका सेवा सुविधालाई व्यवस्थित, प्रभावशाली बनाउन, ५०० जना क वर्गका अपांगता भएका व्यक्तिगरु बस्न पुग्ने आवास निर्माण, विध्यालय व्यवस्थापन तथा ५०० विध्यार्थी अटाउने आवास, अस्पतालबाट डिस्चार्ज भएका अपांगता भएका व्यक्तिरुको पुनर्स्थापना र दैनिकी सहज बनाउने
सुविधा सम्पन्न पुनर्स्थापना केन्द्र, अपांगता भएका व्यक्तिहरुलाई आर्थिक उपार्जनका काममा जोड्न प्रविधिक तालिम, अपांगमैत्री खेल मैदान, पुस्तकालय, अनुसन्धान केन्द्र निर्माण लगायतका सुझावहरु प्राप्त भएका छन ।

तस्विर : ललिता खड्का

वि.सं.२०७३ पुस १५ शुक्रवार ०४:०२ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...