back

सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा

वि.सं.२०७३ पुस १५ शुक्रवार

792 

shares

१५ पुस, सुनसरी । सातौं  राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विहिबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको छ ।

विहिबारसम्म सम्पन्न खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन् ।

्नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल २११ पदक जितेका छन् । सशस्त्र प्रहरीले ४३ रजत र ५६ कास्यसहित कुल १४५ तथा प्रहरीले ३७ रजत र ३९ कास्यसहित कुल ११६ पदक जितेका छन् ।

यस्तै मध्यमाञ्चलले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यहित १३७, मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, १४ रजत र ४२ कास्यसहित ६४, पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३६ कास्यसहित ६४, आयोजक पूर्वाञ्चलले छ स्वर्ण, १६ रजत र ४७ कास्यसहित ६९ तथा सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक जितेका छन् ।

बक्सिङमा नेपाली सेनाको वर्चस्व

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका सबै खेल विहिबार सम्पन्न भएको छ । बक्सिमा नेपाली सेनाको बर्चस्व रह्यो । बक्सिङमा पुरुष र महिलातर्फ गरी कुल १८ स्वर्णमध्ये ११ स्वर्ण जित्दै नेपाली सेना च्याम्पियन बनेको हो । सेनाले छ रजत र दुई कास्य पदक जितेका छन् ।

यस्तै सशस्त्र प्रहरी चार स्वर्ण, पाँच रजत र चार कास्य पदक जित्दै उपविजेता बन्यो भने मध्यामाञ्चल दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्दै तेस्रो भयो ।

प्रतियोगितामा नेपाल प्रहरीले एक स्वर्ण, तीन रजत र दुई कास्य, आयोजक पूर्वाञ्चलले १० कास्य, मध्यपश्चिमाञ्चलले पाँच कास्य, सुदूरपश्चिममाञ्चलले चार कास्य तथा पश्चिममाञ्चलले तीन वटा कास्य पदकमा चित्त बुझाए ।

मेची रङ्गशालामा विहिबार सम्पन्न महिलातर्फको ६४ किलो तौलमा नेपाली सेनाका पुनम रावलले स्वर्ण पदक जित्नुभयो । सशस्त्र प्रहरीका विनिता थापामगरले रजत पदकमा चित्त बुझाउनुप¥यो । यस्तै ६९ किलोमा सशस्त्रका सङ्गीता सुनुवारले स्वर्ण तथा नेपाल प्रहरीका अनुराध लामाले रजत पदक जित्नुभयो । ७५ किलोमा सेनाका शीलु डङ्गोलले स्वर्ण तथा सेनाकै समुना खातुनले रजत पदक पाउनुभयो ।

पुरुषतर्फ ६९ किलो तौल समूहमा सेनाका विष्णुप्रसाद घलेले स्वर्ण र सशस्त्र प्रहरीका विकास लामाले रजत तथा ७५ किलोमा सेनाका दिपेश लामाले स्वर्ण र मध्यामाञ्चलका दिवसलाल भुमीले रजत पदकमा चित्त बुझाउनु प¥यो । त्यस्तै ८१ किलो तौलमा मध्यमाञ्चलका मनोहर बस्नेतले स्वर्ण र सेनाका महेन्द्र केसीले रजत पदक जित्नुभयो । ९१ किलोमा सेनाका श्याम खत्रीले स्वर्ण र मध्यामाञ्चलका कविरश शर्माले रजत पदक पाउनुभयो भने ९१ किलो बढी तौलमा सेनाका आशिस दवाडीले स्वर्ण र मध्यामञ्चलका मेघ लामाले रजत पदक पाउनुभयो ।

वि.सं.२०७३ पुस १५ शुक्रवार ०३:४० मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...