back

पत्रकार महासंघ यूएईमा बस्याल

वि.सं.२०७३ पुस १७ आइतवार

876 

shares

patrakar-mahasang-uae

नेपाल पत्रकार महासंघ यूएई शाखाको अध्यक्षमा भुपराज बस्याल निर्वाचित भएका छन । अधिवेशनले २०१७–१९ को लागि बस्यालको अध्यक्षमा नौ कार्य समिति गठन गरेको छ । शाखाको पाचौँ अधिवेसनबाट नयाँ कार्यसमितिको अध्यक्षमा बस्याल निर्बिरोध निर्वाचित भएका हुन ।
शाखाको उपाध्यक्षमा लक्ष्मण खनाल, सचिव मेघराज सापकोटा,सहसचिव निर्भिक नारायण भुर्तेल, कोषाध्यक्ष दिनेश आचार्य, सदस्यहरु मोहन बस्याल, निमाकान्त पाण्डे, दामोदर दाहाल र खिमलाल पाण्डे रहेका छन। त्यस्तै केन्द्रिय प्रतिनिधिमा हरि नेपाली र विनोद श्रेष्ठलाई चयन गरेको छ ।

अधिवेशनका लागि नेपाल बाट नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव धुर्ब लम्साल युएई आएका थिए । उनले प्रदेशबाट विभिन्न चुनौतिहरुको सामना गर्दै जागिर संगसंगै पत्रकारीतालाई पनि निरन्तरता दिएकोमा युएई शाखाको खुलेरै प्रसंसा गरे । युएई शाखामा आबद्द रहेर कलम चलाउने पत्रकारहरुको एकता नेपालमा रहेका जिल्ला शाखाहरुको भन्दा उदारहणीय रहेछ लम्सालले भने यो सन्देश म देशका सबै शाखाहरुमा पुर्याउने छु ।
लम्सालले प्रदेशमा काम संगै पत्रकारीता गर्ने पत्रकारहरुको कुनै पनि समस्याको समाधान छिटो हल गर्न केन्द्रमा केन्द्रमा प्रस्ताव राख्ने प्रतिबद्दता गरेका छन ।
नेपाल पत्रकार महासंघले पहिलो पटक देश भन्दा बाहिर विदेशमा बिस्तार गरेको शाखा नेपाल पत्रकार महासंघ यूएई शाखा हो ।

वि.सं.२०७३ पुस १७ आइतवार ०६:०८ मा प्रकाशित

Himalayan Life AD
पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

प्रेम परियारको अध्यक्षतामा नेपाली समाज पोर्चुगल, नर्वेको नयाँ कार्यसमिति

नर्वे ।  नेपाली समाज पोर्चुगल–नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको...

न्युयोर्कमा चासोक तङनाम मनाइयो

न्युयोर्कमा चासोक तङनाम मनाइयो

अमेरिका । अमेरिकाको न्यूर्योकमा लिम्बु समुदायको प्रमुख सांस्कृतिक पर्व चासोक...