back

नेपाल पर्यटन पत्रकार सङ्घ बाँकेको अध्यक्षमा केसी

वि.सं.२०७३ पुस १८ सोमवार

858 

shares

१८ पुस, कोहलपुर (बाँके) । नेपाल पर्यटन पत्रकार सङ्घ, बाँकेको अध्यक्षमा अमृता केसी चयन हुनुभएको छ ।

बाँकेमा क्रियाशील पत्रकारको एक भेलाले आइतबार सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल पत्रकार महासङ्घ बाँकेको महिला विभाग प्रमुख समेत रहनुभएका केसीको अध्यक्षतामा गठन गरिएको सङ्घको उपाध्यक्षमा कृष्ण ओली, सचिवमा मधु पौडेल र कोषाध्यक्षमा निर्मल आचार्य रहनुभएको छ ।

यस्तै सदस्यमा विमला चौधरी, केशव राना र रुवी साई चयन हुनुभएको छ । भेलाले नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ नेपालगन्ज र पत्रकार महासङ्घ बाँकेलाई संस्थागत सल्लाहकारका रुपमा चयन गरेको छ ।

नवगठित सङ्घका अध्यक्ष केसीले बाँके जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सञ्चार पैरवी गर्ने बताउनुभयो ।

वि.सं.२०७३ पुस १८ सोमवार ०४:१५ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...