back

शान्ति स्तूप निर्माणका लागि पूर्वमन्त्री सिंहद्वारा ४७ लाख सहयोग

वि.सं.२०७३ पुस १८ सोमवार

546 

shares
NTC AD

१८ पुस, जुम्ला  । पूर्व खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले आफ्नो संसद् विकास कोषको रु ४७ लाख डुडुल चैत्य विश्व शान्ति स्तूप निर्माणका लागि सहयोग गर्नुभएको छ ।

समाजवादी जनता पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंहले द हिमालयन पिस एसोसिएसनको पहलमा चन्दननाथ नगरपालिका–७ सिंगाचौर गाउँमा रु छ करोडको लागतमा निर्माणाधीन शान्ति स्तूपका लागि सहयोग गर्नुभएको हो ।

राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डले स्तूप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको तर स्तूपलाई अविलम्ब सम्पन्न गर्नुपर्ने आवश्यकता खट्केकाले आफ्नो संसद्् विकास कोषको रु ४७ लाख सात हजार ५०० प्रदान गरेको मन्त्री सिंहले राससलाई जानकारी दिनुभयो । “शान्ति स्तूप कर्णालीको पर्यटकीय पूर्वाधार हो र यसले पर्यटन विकासमा सहयोग पु¥याओस् भन्ने उद्देश्यले आफ्नो कोषको पूरै बजेट स्तूप बनाउन सहयोग गरेको हुँ” – उहाँले भन्नुभयो ।

सोही स्तूप निर्माणका लागि पूर्व संस्कृति पर्यटन राज्यमन्त्री बलबहादुर महतले रु २० लाख र ललितजङ्ग शाहीले रु एक लाख प्रदान गरेको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो ।

एसोसिएसनका अध्यक्ष दावा तामाङ लामाले विश्वमा शान्तिको देश नेपाल भनेर चिनाउन र कर्णालीबाट विश्वमा शान्तिको सन्देश फैलाउन स्तूप स्थापना गर्न लागिएको बताउनुभयो ।

समाजवादी जनता पार्टी नेपालका उपाध्यक्ष बुम्क्याप लामाले आफ्नो पार्टीले कालीकोट, मुगु, कैलाली, जाजरकोटलगायतका जिल्लामा धार्मिक मठमन्दिर, बाटोघाटो र खानेपानी निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १८ सोमवार १४:३४ मा प्रकाशित

ADBL AD
चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन...

केराखेतीबाट वार्षिक दुई करोडभन्दा बढी आम्दानी गर्दै कृषक

केराखेतीबाट वार्षिक दुई करोडभन्दा बढी आम्दानी गर्दै कृषक

गलेश्वर (म्याग्दी) । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा...

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँ पछि आन्तरिक...

निःशुल्क आँखा परीक्षण

निःशुल्क आँखा परीक्षण

इनरुवा (सुनसरी) । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक...

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

कैलाली (टीकापुर) । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन...

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...