back
CTIZAN AD

धानको नयाँ मूल्य कायम

वि.सं.२०७३ पुस १८ सोमवार

1K 

shares

rice

१८ पुस,धनगढी  । नेपाल खाद्य संस्थानले निर्धारण गरेको धानको खरिद मूल्यभन्दा बजार मूल्य बढी भएपछि संस्थानले पनि धानको खरिद मूल्य वृद्धि गरेको छ ।

नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले स्थानीय बजारमा धानको कारोबार गर्ने व्यापारीले मूल्य वृद्धि गरेपछि संस्थानले पनि साबिकको मूल्य संशोधन गरी वृद्धि गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको प्राथमिक खरिद समितिको बैठकको निर्णयबमोजिम धानको मूल्य बृद्धि गरिएको बताइएको छ । समितिले गत मङ्सिरमा प्रतिक्विन्टल मोटो धानको खरिद मूल्य रु एक हजार नौ सय ५० निर्धारण गरेकामा पछिल्लो पटक बसेको समितिको बैठकले यो मूल्य वृद्धि गरी प्रतिक्विन्टल रु दुई हजार एक सय कायम गरेको पन्तले बताउनुभयो ।

“नयाँ खरिद मूल्य कायम भएको गएको दुई हप्तायता मात्रै ३१ हजार क्विन्टल धान खरिद हुन सकेको छ”, पन्तले भन्नुभयो—“यसअघि तोकिएको मूल्यमा जम्मा चार हजार क्विन्टल मात्र खरिद हुन सकेको थियो ।” यस वर्ष कैलाली जिल्लामा संस्थानको धान खरिद गर्ने कोटा ५० हजार क्विन्टल रहेको छ । संस्थानले गत आवमा ५७ हजार र अघिल्लो आवमा ७०हजार क्विन्टल धान खरिद गरेको थियो । जिल्लाको मोहनपुरका साथै भजनी, जोशीपुर, टीकापुर, नारायणपुर, सत्तीमा संस्थानले काँटा सञ्चालन गरी किसानको धान खरिद गरिरहेको छ । रासस

वि.सं.२०७३ पुस १८ सोमवार १४:४२ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...