back

ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

वि.सं.२०७३ पुस १८ सोमवार

540 

shares
NTC AD

१८ पुस,काठमाडाँ  । त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ ।

बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ । अनलाइनबाट फाराम भर्ने भएपछि विद्यार्थीले एकै पटक केन्द्रीय कार्यालयमा आई ट्रान्सक्रिप्ट लिन पाउनेछन् ।

“हामी एक महिनाभित्रमा तथ्याङ्क सार्ने काम सक्छाँै”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइनमार्फत ट्रान्सक्रिप्टका लागि फाराम सञ्चालनमा ल्याउँछौँ ।” अनलाइनमार्फत फाराम भरेपछि एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन् । रासस

वि.सं.२०७३ पुस १८ सोमवार १४:५६ मा प्रकाशित

ADBL AD
‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

गलकोट (बागलुङ) । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै...

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमी : आज फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना...

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...