back

नेपाल भारतसँग पराजित

वि.सं.२०७३ पुस १८ सोमवार

693 

shares
GLOBAL IME AD
NTC AD

१८ पुस,काठमाडौँ  । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो हाफको अन्तिम समय ४४ औँ मिनेटमा कमलादेवीले एक गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाइन् ।

त्यस्तै खेलको दोस्रो हाफमा भारतले दुई गोल थप्यो । नेपाली टोलीको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै इन्दुमतीले खेलको ५९ औँ मिनेटमा गोल गरी भारतको अग्रता दोब्बर बनाइन् । त्यस्तै भारतकी सस्मिताले खेलको ८४ औँ मिनेटमा थप एक गोल गरेपछि भारतले नेपालमाथि ३–१ को सहज जित हासिल ग¥यो ।

नेपालका स्ट्राइकर सावित्रा भण्डारीले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमार्फत एक सान्त्वना गोल गरेकी थिइन् । प्रतियोगितामा भारतीय टोलीले नेपाललाई खेल सुरुआतीदेखि नै दबाबमा राखेको थियो ।

प्रतियोगिताको तेस्रो संस्करणसम्म फाइनलसम्म पुगेको नेपाल यस पटक भने सेमिफाइनलबाट नै बाहिरिन पुग्यो । तीनै संस्करणको फाइनल भिडन्तमा नेपाल भारतसँग नै पराजित भएको इतिहास छ । गत वर्ष भएको दक्षिण एसियाली खेलकुद (साग) को फाइनल भिडन्तमा पनि भारत नै बाधक बनेको थियो ।

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो भुटानविरुद्धका खेलमा ८–० ले र दोस्रोमा माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले श्रीलङ्का विरुद्धका खेलमा १–० को जित हासिल गरेको थियो । रासस

वि.सं.२०७३ पुस १८ सोमवार १४:५७ मा प्रकाशित

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...