सुर्य चन्द, १९ पुस, काठमाण्डौ । अतिनै गरीब तथा दयनीय परिवारका बर्दिया जिल्ला ढोढरी गाबिस १ का २१ बर्षका गणेश चौधरी उपचार खर्चको अभावमा अस्पतालमै छट्पटाइरहेका छन् ।
करोडमा दुई चार जनामा HLH (Hemophagocytic lymphohistocytosis) नामक रोग लागेर काठमाडौं बानेश्वर स्थित सिभिल अस्पतालको क्याबिन नम्बर ३०९ मा सिकिस्त अबस्थामा रहेका छन । अहिले उनी उपचार खर्चको अभाबमा अस्पतालको शैयामा कसैको सहयोगको आशा गर्दै बसी रहेका छन । उनका सुकुम्बासी बाबुले सरकारबाट प्राप्त २ कठ्ठा जमिन समेत बेचेर छोराको उपचारमा लागि रहेका छन् । उनको अन्य कुनै पनि आयस्रोत छैन ।
उपचारका लागि आर्थिक समस्या परिरहेको हुँदा तपाई जो कोहिले पनि ती गरीब किसानका छोराको उपचारका लागि सहयोग गरि,मानवताको पहिचान र भावनाको कदर गरिदिन सक्नु हुनेछ । समाजसेवी सरस्वती शाह भन्छिन् मानब सेवा नै सर्बोकृष्ट धर्म हो त्यसैले हामी सबै मिलेर उनलाई सहयोग र साथ दिदै उपचार खर्च जुटाउन हाम्रो कर्तब्य पनि हुन आउछ ।
उनै समाजसेवी सरस्वती शाह र मालती शाह लगायतका समाजसेवी मनहरु अहिले बर्दियाका गणेश चौधरीको लागि उपचार खर्च जुटाउन लागि परेका छन । समाजसेवी मालती शाह अहिले गणेश चौधरीको लागि सहयोग जुटाउन खुलेर नै लागेकी छीन उनको यो अभियानलाइ हामीले नि साथ दिने होकि ? यदि कोही सहयोगी मन समाजसेवी हरुले सहयोग गर्न चाहनु हुन्छ भने बैंक खाता न यस प्रकार छ ।
Name : Ganesh Chaudhari,
Rastriya banijya bank Ltd.
Singhdarbar branch office
account no. 113005002110
वि.सं.२०७३ पुस १९ मंगलवार ०८:५३ मा प्रकाशित