back

जापान नेपाली एकता समाजको सांगीतिक कार्यक्रम सम्पन्न

वि.सं.२०७३ पुस १९ मंगलवार

747 

shares

japan-yakata-samaj
मेघराज सापकोटा रिष्मेली, जापान । जापान नेपाली एकता समाजले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा जापानमा आयोजना गरेको सांगीतिक धमाका २०१७ सम्पन्न भएको छ ।
समाजद्धारा आयोजित उक्त सांगीतिक कार्यक्रममा गायक जीवन शर्मा, बहुचर्चित गायक विष्णु खत्री, दोहोरी गायिका मुना थापा मगर तथा रक्तिम साँस्कृतिक अभियान्ता, कलाकार एंव प्रगतिशील पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा सहभागी भएका थिए ।
नेपालका बहुचर्चित कलाकारको सहभागीता रहेको सांगीतिक धमाका २०१७ डिसेम्बर ३१ मा सिनओका र जनवरि १ मा टोकियोमा आयोजना गरिएको थियो ।

japan-yakata-samaj
नेपाली ख्यातीप्राप्त कलाकार तथा जापानमै रहेका नेपालीहरुको दमदार प्रस्तुती रहेको सांगीतिक कार्यक्रममा जापानमा रहेका हजारौं नेपालीहरूको सहभागीता रहेको थियो ।
हर्षोल्लासका साथ सम्पन्न भएको सांगीतिक कार्यक्रममा सहभागिता जनाएका सम्पुर्ण जापानवासी नेपालीहरुलाई जापान नेपाली एकता समाज तथा डिलाराम कर्पोरेशन परिवारले धन्यवाद प्रकट गरेको छ ।

वि.सं.२०७३ पुस १९ मंगलवार ०९:५९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...