back

सोमबारदेखि एघारौँ चितवन महोत्सव

वि.सं.२०७३ पुस २० बुधवार

204 

shares
NTC AD
Global IME AD

२० पुस,काठमाडौँ। स्वदेशी उत्पादन प्रवद्र्धन तथा लगानीका अवसर सृजना गर्ने उद्देश्यले आगामी सोमबारदेखि प्रदर्शनी मैदान नारायणगढमा ११औँ चितवन महोत्सव आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा चितवन उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति चितवन र चितवन उपमहानगरपालिको आयोजनामा हुने सो महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक मूल समितिका संयोजक राजन गौतमले मेलामा ४७५ प्रदर्शनीकक्ष रहने र रु २० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।

माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा मह, दूध र दुग्धजन्य, अण्डा, केरा, च्याउ, प्लाष्टिक उत्पादनका नमुना उद्योगका साथै खेलकुद, जलयात्रा, खाना महोत्सव, कृषिउपजको प्रतियोगितात्मक प्रदर्शनी हुनेछ । रासस

वि.सं.२०७३ पुस २० बुधवार ११:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...