२० पुस,विराटनगर । मोरङ्का अग्रज पत्रकार ६३ वर्षीय ठाकुरदेव ढुङ्गेलको निधन भएको छ ।
केही दिनदेखि क्यान्सर रोगबाट पीडित उहाँको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मङ्गलवार साझ मृत्यु भएको हो । उहाँको आज हाटखोलास्थित सिग्याही खोलामा दाहसंस्कार गरिएको छ । सो अवसरमा पत्रकारका साथै उहाँका आफन्त र शुभचिन्तकको उपस्थिति थियो ।
हिमालचुली साप्ताहिकका प्रधानसम्पादक रहनुभएकाका साथै उहाँ पत्रकार कल्याणकोष विराटनगरका सचिव हुनुहुन्थ्यो । विराटनगर– १३ स्थायी घर भएका उहाँका एक श्रीमती र दुई छोरा छन् । रासस
वि.सं.२०७३ पुस २० बुधवार ११:३३ मा प्रकाशित