back

भूकम्पपीडितले गाउँ परिषद् रोके

वि.सं.२०७३ पुस २० बुधवार

495 

shares
GLOBAL IME AD
NTC AD

२० पुस,गोरखा  । निजी आवास निर्माणका लागि अनुदान माग्दै गुनासो फारम बुझाएको लामो समयसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको भन्दै गोरखा मसेलका भूकम्पपीडितले गाउँ परिषद् हुन दिएका छैन् ।

गाउँ परिषद् तयारीका लागि आज गाविस सचिव र राजनीतिक परामर्श समितिका सदस्यहरुको बैठक भइरहेका बेला अनुदान नपाएका भूकम्पपीडितले ‘गुनासो सम्बोधन नभएसम्म बैठक र परिषद् चल्न नदिने’ अडान लिएपछि परिषद् स्थगित गर्नुपरेको मसेलका गाविस सचिव शेखरनाथ न्यौपानेले बताउनुभयो । यही पुस २२ गते गाउँ परिषद् गर्ने तय भएको थियो ।

समस्या समाधानका लागि पीडितहरुसहितको एक प्रतिनिधिमण्डलले बिहीबार जिल्ला दैवीप्रकोप उद्धार समिति र जिल्ला प्रशासन कार्यालयमा छलफल गर्न जाने सहमति बनेको छ’ सचिव न्यौपानेले भन्नुभयो, ‘जिल्लाबाट फर्केपछि पुनः बैठक बसेर गाउँपरिषद् कहिले गर्ने भन्ने मिति तय गछौँ ।’

भूकम्पले घर भत्केपनि अनुदान पाउनबाट छुटेका मसेलका ११५ जनाले गुनासो फारम भरी बुझाएका थिए ।
यहाँका करिब एक हजार भूकम्पपीडित लाभग्राहीले पहिलो किस्ता वापत रु. ५० हजारका दरले बुझेर धमाधम घर बनाइरहेका छन् । तर भूकम्पले घर भत्काएको निजी आवास निर्माणलाई सरकारले दिने भनेको रकम नपाउँदा मसेलबासी पीडामा छन् ।

स्थानीय विकास अधिकारी नारायण आचार्यले भन्नुभयो, “गुनासो सुनुवाई कार्यविधि अघिल्लो साता मन्त्रिपरिषद्बाट पास भएको छ, अब गुनासोउपर सुनुवाइ हुन्छ । घर पूर्ण क्षति भएकालाई किस्ताबन्दीमा रु तीन लाख, सामान्य क्षति भएकालाई एकदेखि डेढलाख र घर क्षति नै नभएकालाई केही नदिने गरी गुनासो सुनुवाइ हुने उहाँले बताउनुभयो ।” रासस

वि.सं.२०७३ पुस २० बुधवार १३:५२ मा प्रकाशित

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...