back

कृषिमा दिगो लगानी नभएसम्म देश समृद्ध हुदैन्– मन्त्री चौधरी

वि.सं.२०७३ पुस २० बुधवार

528 

shares

२० पुस, सिन्धुली  । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले कृषिमा दिगो लगानी नभएसम्म देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीमा निर्माण भएको माटो प्रयोगशालाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “कृषिको उत्पादन र उत्पादकत्व वृद्धिका लागि राज्यले यस क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्दछ ।”

मन्त्री चौधरीले अहिलेसम्म नेपालमा पुरानै प्रविधिबाट कृषि कर्म हुने भएकाले यसलाई सुधार गर्न सरकार लागिपरेको चर्चा गर्दै कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न यस क्षेत्रको आधुनिकीरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि क्षेत्रको आधुनिकीरण र यान्त्रिकीकरणमा राज्यले विशेष जोड दिएको उल्लेख गर्दै उहाँले अबको दश वर्षमा नेपालले कृषिजन्य उपज विदेशमासमेत निर्यात गर्ने बताउनुभयो ।

मन्त्री चौधरीले किसानको जिवनस्तर माथि उकास्नका लागि सरकारले कृषि क्षेत्रको दिगो विकासका लागि गम्भीर भएर लागेको बताउँदै किसानलाई आर्थिक रुपमा सम्पन्न बनाएपछि मात्र मुलुक आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि क्षेत्रको व्यवस्थित विकास र किसानका समस्या स्थानीयस्तरमै समाधान गर्न सरकारले ‘एक गाउँ एक प्राविधिक’ को व्यवस्था यसै वर्षबाट गरिने पनि उहाँले बताउनुभयो ।

कृषि विकास राज्यमन्त्री राधिका तामाङले नेपाल कृषि प्रधान देश भएपनि यस क्षेत्रको विकासका लागि राज्यले उचित लगानी गर्न नसकेको बताउँदै कृषिमा उचित लगानी गर्न नसक्दा युवा शक्ति विदेश पलाएन हुन बाध्य भएको छ भन्नुभयो ।

वि.सं.२०७३ पुस २० बुधवार १३:५४ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...